चिनियाँ राज्य परिषदद्वारा “नयाँ युगको चिनियाँ पैतौ” शीर्षकको श्वेतपत्र प्रकाशित
2022-11-04 10:49:15CRI
Share with:

चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले ४ तारिख “नयाँ युगको चिनियाँ पैतौ” शीर्षकको श्वेतपत्र प्रकाशित गरेको छ। यो श्वेतपत्रले नयाँ युगमा चिनियाँ पैतौको विकास उपलब्धि तथा आगामी योजनाको बारेमा जानकारी दिनुका साथै चिनियाँ पैतौको विकास, नवाचार तथा अभ्यास अनुभव बाँडेको छ। 

लगभग १२००० शब्दको उक्त श्वेतपत्र ६ भाग विभाजित छ। श्वेतपत्रका अनुसार, पैतौ उपग्रह नेभिगेसन प्रणाली चीनले राष्ट्रिय सुरक्षा र आर्थिक तथा सामाजिक मागबमोजिम स्वतन्त्र रूपमा निर्माण र सञ्चालन गरेको उपग्रह नेभिगेसन प्रणाली हो। केही वर्षको विकासमा पैतौ प्रणाली विश्वव्यापी प्रयोगकर्तालाई चौतर्फी नेभिगेसन तथा सेवा दिने महत्वपूर्ण नयाँ आधारभूत प्रबन्ध बनेको छ। 

चीनले विभिन्न देशहरूसँग पैतौ प्रणालीको उपलब्धि बाँड्नुका साथै विश्वमा उपग्रह नेभिगेसन कार्यको विकास गरी मानवभाग्य समुदायको निर्माण र अझै सुन्दर विश्वको निर्माण गर्न नयाँ तथा अझै ठूलो योगदान दिने इच्छा राखेको छ।