नयाँ युगको चिनियाँ पैचौ शीर्षकमा श्वेतपत्र जारी
2022-11-04 19:47:44cri
Share with:

चीनको राज्य परिषदको प्रेस कार्यालयले नोभेम्बर ४ तारिख नयाँ युगको चिनियाँ पैतौ शीर्षकमा श्वेतपत्र सार्वजनिक गरी नयाँ युगमा चीनको पैतौ नेभिगेसन प्रणाली विकासका उपलब्धि र आउटलुकबारे जानकारी दिनुका साथै पैतौको विकास विचार र अभ्यास अनुभवबारे साझा गरेको छ। हाल पैतौ उत्पादित वस्तु विश्वका आधाभन्दा बढी मुलुक र क्षेत्रमा प्रयोग गरिएको छ।

 

श्वेतपत्रका अनुसार, पैतौ नेभिगेसन प्रणाली चीनले राष्ट्रिय सुरक्षा र आर्थिक तथा सामाजिक विकास चाहनाका आधारमा आफैँ स्थापना तथा संचालन गरेको उपग्रह नेभिगेसन प्रणाली हो। धेरै वर्षसम्मको विकास भएपछि पैतौ प्रणाली विश्वका प्रयोगकर्तालाई चौबीसै घण्टासम्म उच्च परिशुद्ध स्थिति, नेभिगेसन र समय सेवालगायत प्रदान गर्ने महत्वपूर्ण पूर्वाधार बनेको छ।