ब्रिक्स नयाँ विकास बैंकका अध्यक्ष ट्रोयोसँगको अन्तर्वार्ता
2022-11-05 16:23:11cri
Share with:

विश्व अर्थतन्त्र किन समस्याग्रस्त भयो? धेरै बहुपक्षीय वित्तीय संस्थाहरूको पृष्ठभूमिमा, किन र कसरी यो समस्या जारी छ? विश्वमा भएको एक शताब्दीको परिवर्तन र महामारीले निम्त्याएको चुनौतीका सन्दर्भमा यससँग कस्तो विकास दृष्टिकोण छ? ब्रिक्स नयाँ विकास बैंकका अध्यक्ष ट्रोयोको भनाइ यस प्रकार छ।

दश वर्षअघि ब्रिक्स बैंक एउटा सपना मात्र थियो। उदीयमान अर्थतन्त्रहरूले लामो समयदेखि बहुपक्षीय मामिलामा र सन् १९४० को दशकमा स्थापित परम्परागत संस्थाहरूमा ठूलो आवाज उठाउन खोजेका छन्। त्यसैले भविष्य उन्मुख एक नयाँ विकास एजेन्सीको एक दीर्घकालीन सपना हो। ब्रिक्स देशहरूले संयुक्त रूपमा ब्रिक्स नयाँ विकास बैंकको स्थापना बारेमा छलफल गरे, जुन उदीयमान अर्थतन्त्रहरूले आफ्ना लक्ष्यहरू प्राप्त गर्न सँगै सहयोग गर्न सक्ने एक महत्त्वपूर्ण संकेत हो। अहिलेसम्म पाइएको सफलता विभिन्न सदस्य राष्ट्रहरूको समर्थनसँग अलग रहन सक्दैन।

यसमा चीनको भूमिका धेरै महत्त्वपूर्ण छ। ब्रिक्सको अवधारणा सन् २००० मा प्रस्ताव गरिएको थियो, तत्कालीन चीनको अर्थतन्त्र आजको लगभग आठ भागको एक भाग मात्र थियो त्यतिबेला। हाल चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र समूह बनेको छ।

ब्रिक्स सहयोग संयन्त्र सधैँ विकासोन्मुख देशहरूका लागि आफ्नै विकास  अन्वेषण गर्न र विद्यमान विश्वव्यापी व्यवस्थामा सुधारहरू समावेश गर्न महत्त्वपूर्ण प्लेटफर्म भएको छ। विगत एक दशकमा, ठूला देशबीचको प्रतिस्पर्धा, आर्थिक पुनरुत्थान र महामारी जस्ता आन्तरिक र बाह्य दबाबले सहअस्तित्वमा यसले आफ्नो असाधारण उपलब्धि र अति आकर्षण प्रयोग गरेर प्रमाणित गरिरहेको छ भने विकास अवसर खोज्न र विश्व परिपार्टीको पुनव्यवस्था नै धेरै विकासोन्मुख देशहरूको साझा दृष्टिकोण हो।