पाँचौँ होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च "चीनको विकासको नयाँ रूपरेखा र विश्वव्यापी विकासको नयाँ अवसरहरू" शाखा-मञ्च आयोजित
2022-11-06 16:16:17cri
Share with:

पाँचौँ होङछ्याओ अन्तर्राष्ट्रिय आर्थिक मञ्च "चीनको विकासको नयाँ रूपरेखा र विश्वव्यापी विकासको नयाँ अवसरहरू" शाखा-मञ्च नोभेम्बर पाँच तारिख बेइजिङमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रचार मन्त्री ली शु लैले उक्त कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नुभयो। उहाँका अनुसार पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङको महत्त्वपूर्ण सम्बोधनले विश्वसँग विकासका अवसरहरू आदान प्रदान गर्नमा चीनको इमानदारीलाई पूर्ण रूपमा अभिव्यक्त गर्दछ। विगत दश वर्षमा चीनले विश्वसँगको अन्तरक्रियामा आफ्नो विकास पाएको मात्र नभई विश्वमा पनि फाइदा पुर्याएको छ। चीनले निरन्तर रूपमा शान्त विकास मार्गमा खुलापन स्तर उकास्दै विश्वको शान्तिका लागि स्थिरता पुर्याउँदै जानेछ।