अमेरिकामा गोली हानाहानका घटनाले विद्यार्थीलाई असर
2022-11-07 19:14:46CRI
Share with:

अमेरिकामा गोली हानाहानका घटनाले विद्यार्थी बालबालिकाको मनोविज्ञानलाई गम्भीर असर पारेको छ। रोब एलिमेन्टरी स्कूलमा एकजना बन्दुकधारीले गोली हानेर हत्या गरिरहँदा एकजना १० वर्षीया बालिकाले सम्बन्धित सुरक्षा हटलाइनमा फोन गरेर हारगुहार गरेकी थिइन्। उनले सुरक्षाकर्मीलाई भनिन्, ‘म ११२ नम्बर कक्षामा छु। छिटो गर्नुहोस्। यहाँ धेरै लाशहरू छन्।’ 

ती बालिका क्लोए टोरेसले हतारहतार गुहार मागेपछि सुरक्षा टोली स्कूलमा आइपुग्छ। तर त्यतिञ्जेलसम्म उनका साथीहरू एक शिक्षक मारिइसकेका हुन्छन्। अहिले ११ वर्षकी क्लोए बाँचेकी छन् र हुर्किँदैछन्। 

 

गोलाबारीका कारण स्कूले बालबालिकाको विक्षिप्त अवस्थाबारेको कथा सीएनएनले रिपोर्ट गरेको छ। सीएनएनमा पहिलो पटक भनेर प्रकाशित यो सामग्रीमा बालबालिकाको गोलाबारी चपेटामा पर्दाका अनुभवहरू समावेश गरिएको छ।