ली खछ्याङद्वारा कम्बोडियाको सञ्चार-माध्यममा लेख प्रकाशित
2022-11-07 16:55:04CRI
Share with:

नोभेम्बर ७ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले पूर्वी एशियाली सहयोगसम्बन्धी नेताहरूको श्रृंखलाबद्ध सम्मेलनहरूमा भाग लिनु र कम्बोडियाको भ्रमण गर्नुअघि कम्बोडियाको कम्बोडियाली, अंग्रेजी र चिनियाँ भाषाका सञ्चार-माध्यमहरूमा “मित्रताका लागि फेरि शिखर आरोहण, सहयोगका लागि नयाँ बाटोको फेरि सिर्जना” शीर्षकको लेख प्रकाशित गर्नुभएको छ। उक्त लेखअनुसार, चीनले कम्बोडियालगायतका पूर्वी एशियाली मुलुकहरूसँग मिलेर चीन र कम्बोडियाको मित्रता र पूर्वी एशियाको सहयोगका लागि फेरि शिखर आरोहण गर्ने र फेरि नयाँ बाटोको सिर्जना गर्ने आशा लिएको छ।

 उक्त लेखअनुसार, चीनले चीन-म्यान्मार रेलमार्ग, पूर्वी एशियाली गरिबी न्यूनीकरण प्रस्तावआदि परियोजनाहरूमार्फत सर्वसाधारणको जीवनको सुधार गर्ने, अन्नबाली र ऊर्जा स्रोत आपूर्तिको स्थिरता बढाउने, आशियानका मुलुकहरूका विद्यार्थीहरूलाई अध्ययनका लागि चीन फर्काउन गति प्रदान गर्ने, सँस्कृति र पर्यटनआदि क्षेत्रको आदान-प्रदान निरन्तर रुपमा सबल पार्ने छ।

विश्वका सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा चीनले चिनियाँ जनतालाई राम्रो जीवन दिलाउन प्रयास गर्ने छ। चीनको खुलापनको ढोका अझै ठूलो हुनेछ।