राज्य परिषद्को प्रेस कार्यालयद्वारा साइबर स्पेसको भाग्य एकरूपताको निर्माण शीर्षकको श्वेतपत्र जारी
2022-11-07 10:55:27cri
Share with:

चीनको राज्य परिषद्को प्रेस कार्यालयले ७ तारिख “हातमा हात मिलाउँदै साइबर स्पेसको भाग्य एकरूपताको निर्माण गरौँ” शीर्षकमा एउटा श्वेतपत्र जारी गरेको छ। त्यस श्वेतपत्रमा नयाँ युगको चिनियाँ इन्टरनेटको विकास र सञ्चालन कदमबारे जानकारी दिइनुका साथै चीनले साइबर स्पेसको भाग्य एकरूपताको निर्माणलाई अघि बढाउने क्रममा प्राप्त सकारात्मक प्रतिफलको उपभोग गरिनुबाहेक साइबर स्पेस सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यलाई भविष्य उन्मुख गरिएको छ।

 

नयाँ चरणको वैज्ञानिक र प्राविधिक क्रान्ति र व्यावसायिक सुधार तीव्र गतिले विकसित भइरहेको सिलसिलामा इन्टरनेटबाट विश्वलाई ग्लोबल गाउँको रूपमा परिणत गरिएको छ। साथै अन्तर्राष्ट्रिय समाज पनि एकअर्कासँग व्यवहार गर्ने भाग्यको एकरूपता बनेको देखिन्छ। इन्टरनेटको राम्रोसँग विकास गर्ने, त्यसको राम्रोसँग प्रयोग गर्ने र त्यसको राम्रोसँग सञ्चालन गर्ने भन्ने नै अन्तर्राष्ट्रिय समाजको साझा कर्तव्य रहेको पनि सो श्वेतपत्रमा उल्लेख गरिएको छ।