ली खछ्याङ पैचिङबाट कम्बोडियातर्फ प्रस्थान
2022-11-08 17:03:56CRI
Share with:

कम्बोडियाका प्रधानमन्त्री हुङ सेनको निमन्त्रणामा चीनको राज्य परिषदका प्रधानमन्त्री ली खछ्याङ नोभेम्बर ८ तारिख दिउँसो विशेष विमानद्वारा पैचिङबाट कम्बोडियातर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री ली खछ्याङले चीन-आशियानका नेताहरूको २५औं सम्मेलन, आशियान-चीन, जापान र दक्षिण कोरियाका नेताहरूको २५औं सम्मेलन, १७औं पूर्वी एशिया शिखर सम्मेलनमा भाग लिनुका साथै कम्बोडियाको भ्रमण गर्नुहुने छ। 

प्रधानमन्त्री ली खछ्याङकी श्रीमती छङ हुङ, चीनको राज्य परिषदका सदस्य स्याउ चे आदि पनि पैचिङबाट प्रस्थान गर्नुभयो।