“चिनियाँ निर्माण”ले विभिन्न मुलुकको विकासमा मद्दत दिनेः चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता
2022-11-09 16:53:22CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले नोभेम्बर ९ तारिख नियमित पत्रकार सम्मेलनमा “चिनियाँ निर्माण”ले विभिन्न मुलुकको विकास मद्दत दिने, विभिन्न मुलुकका जनतालाई वस्तुगत फाइदा पुर्‍याउने कुरा बताउनुभएको छ। 

तथ्यांकअनुसार, नोभेम्बर ७ तारिखसम्म चीन-म्यान्मार रेलमार्गले जम्मा १ करोड टनको सामानको ढुवानी गरिसकेको कुरा प्रवक्ता चाउले बताउनुभयो। 

प्रवक्ता चाउकाअनुसार, विश्वको विभिन्न क्षेत्रमा एक्सप्रेस राजमार्ग, द्रुत गतिको रेल, बन्दरगाह, पुल, विजुली स्टेशन, रंगशालाको निर्माणमा चीन संलग्न भएको छ। चीनले लगाएको लगानी र परियोजना विश्वका १९० वटा मुलुक र क्षेत्रमा फैलिएको छ। “चिनियाँ निर्माण” चीनका सहयोगात्मक साझेदारको पारदर्शी छनौट बनिरहेको छ।