मानवजातिका सबै सभ्यताको उत्कृष्ट उपलब्धिहरू सिक्न चीन इच्छुकः चिनियाँ प्रधानमन्त्री ली खछ्याङ
2022-11-10 20:47:09CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १० तारिख बिहान चिनियाँ प्रधानमन्त्री ली खछ्याङले कम्बोडियामा आयोजित चीन-कम्बोडिया सांस्कृतिक सम्पदा आदानप्रदान सहयोगमा ३० वर्षको उपलब्धि प्रदर्शनीको भ्रमण गर्नुका साथै कम्बोडियाको अंगकोर प्राचीन भग्नावशेष ता केओ मन्दिरको जीर्णोद्धार परियोजना सम्पन्न भएपछिको हस्तान्तरण समारोहमा पनि भाग लिनुभएको छ। 

सो अवधिमा प्रधानमन्त्री लीले यसरी जोड दिनुभयो, ‘यो परियोजना युनेस्कोको अंगकोर प्राचीन भग्नावशेषको अन्तर्राष्ट्रिय संरक्षण कार्यक्रमको प्रारूपको एक भाग हो र चीन सरकारले पूरा गरेको दोस्रो जीर्णोद्धार परियोजना हो। यो नै कम्बोडिया लगायत चीन-कम्बोडियाको मित्रता एवम् सभ्यताको आदानप्रदान तथा सिकाइको लागि हितकर कार्य हो।’  

खुलापन भनेको चीनको आधारभूत राष्ट्रिय नीति हो भन्दै प्रधानमन्त्री लीले मानवजातिका सबै सभ्यताको उत्कृष्ट उपलब्धिहरू सिक्ने इच्छा चीनको रहेको पनि बताउनुभयो।