जलवायु परिवर्तनका प्रभावसम्बन्धी ड्राफ्ट र अमेरिकालाई चेतावनी
2022-11-10 16:55:49CRI
Share with:

जलवायु परिवर्तनहरूको प्रभावले पहिले नै अमेरिकाका सबै क्षेत्रहरूमा  सुदूर तथा प्रतिकूल प्रभाव पार्न थालिसकेको छ। अमेरिकी समाजको प्रत्येक क्षेत्रमा यो गहिरो खराबीका रूपमा स्थापित हुँदै गएको छ। स्वच्छ पानीका साना तथा मझौला उद्योगहरूमा समेत यसको प्रतिक्रिया देखिन थालिसकेको कुरा संघीय सरकारको मस्यौदा प्रस्तावमा उल्लेख छ।

 

राष्ट्रिय जलवायु विश्लेषण प्रस्तावले सरकारको जलवायु जानकारीका साथ अहिले र भविष्यमा पार्नसक्ने असरका बारेमा विस्तृत विवरण प्रस्तुत गरिएको छ। अन्तिम प्रतिवेदन सन् २०२३ सम्ममा जारी गर्ने भनिएपनि अहिलेसम्म तयारी अपुग देखिएको छ तथापि करीब १७ सय पृष्ठको ड्राफ्ट तयारीमा १३ संघीय एजेन्सी तथा सयौं वैज्ञानिकहरू लागिरहेको बताइएको छ।