प्रधानमन्त्री ली ख छ्याङ तथा कम्बोडियाली प्रधानमन्त्री बीच वार्ता
2022-11-10 15:18:52cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले ९ तारिख नोपेन्हमा कम्बोडियाली प्रधानमन्त्री सेम्देह हुसेनसँग वार्ता गर्नुभएको छ।

 

वार्ताको क्रममा प्रधानमन्त्री लीले कम्बोडियासँग उच्च तहको आवत जावतलाई घनिष्ट पार्नुका साथै आपसी केन्द्रीय हित र साझा चासो भएका विषयमा एकले अर्कालाई समर्थन गर्दै चीन कम्बोडिया सम्बन्धलाई स्थिर र स्वस्थ रूपमा विकसित पारेर दुई देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

 

प्रधानमन्त्री हुसेनले चीनसँग व्यापार, लगानी, कृषि, आधारभूत प्रबन्ध र संस्कृति लगायतका विभिन्न क्षेत्रको आपसी आदान प्रदान र सहकार्यलाई सबल पार्नुका साथै बहुपक्षीय प्रारूपमा पारस्परिक समन्वयलाई सुदृढ पारी दुई देश बीचको सम्बन्धलाई अझ गहन रूपमा विकास गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।