आशियानको ४० औँ र ४१ औँ शिखर सम्मेलन कम्बोडियोको राजधानी नोम पेन्हमा सुरू
2022-11-11 10:53:23cri
Share with:

 

आशियानको ४० औँ र ४१ औँ शिखर सम्मेलनको नोभेम्बर ११ तारिख कम्बोडियोको राजधानी नोम पेन्हमा उद्घाटन गरिएको छ। चालू वर्षको आशियानको शिखर सम्मेलनको मुख्य विषय “आशियान: चुनौतिको संयुक्त सामना गरौँ” रहेको छ। शिखर सम्मेलनमा महामारीपछि पुन:उत्थानप्रति आशा लिनुका साथै आशियानले सामूहिक सहयोगको भावनालाई कायम राखेर यस क्षेत्रको शान्ति, समृद्धि र स्थिरतालाई अघि बढाउने विषयबारे छलफल गरिने छ। महामारीपछि आशियान मुलुकका नेताहरुले आमुन्नेसामुन्ने भएर सम्मेलनको आयोजना गरेको यो पहिलो पटक हो।

 

संयोजन पक्षका अनुसार, शिखर सम्मेलन र श्रृंखलाबद्ध सम्मेलन नोभेम्बर १० तारिखदेखि १३ तारिखसम्म आयोजना हुने छन्। आशियान मुलुकका नेताहरु बाहेक, चीन, अमेरिका, भारत, अस्ट्रेलिया, क्यानाडा, युरोपेली संघ लगायतका मुलुक अथवा संगठनका नेता र सरकारी प्रमुख सो सम्मेलनमा सहभागी हुने छन्।

 

शिखर सम्मेलनको अवधिमा चीन-आशियान नेता बीचको २५औँ सम्मेलन आशियान तथा चीन, जापान दक्षिण कोरिया बीचको २५औँ सम्मेलन र पूर्वी एसियाको १७औँ शिखर सम्मेलनको आयोजना हुने भएको छ।