सन् २०२२ विश्व साइबर सम्मेलन उ चन शिखर सम्मेलन सम्पन्न
2022-11-11 14:58:24cri
Share with:

नोभेम्बर ११ तारिख बिहान सन् २०२२ विश्व साइबर सम्मेलन उ चन शिखर सम्मेलनका विभिन्न कार्यसुची पूरा भएपछि सो सम्मेलन पनि सफलताका साथ सम्पन्न भएको छ। सम्मेलनको अवधिमा २० वटा शाखा मञ्चको आयोजना गरिनुका साथै १२० वटा मुलुक र क्षेत्रका झण्डै २१०० भन्दा बढी अतिथिहरू अनलाईन र अफलाईनमार्फत सहभागी भएका छन्। यो संख्याले बितेका सबै शिखर सम्मेलनको तुलनामा नयाँ किर्तिमान पनि सिर्जना गरेको छ। 

 

उक्त सम्मेलनमा सहभागी अतिथिहरूले विश्वव्यापी विकास सम्बन्धी डिजिटल सहकार्य, डिजिटल अर्थतन्त्र, नेटवर्कको प्रसारण र शान्तिपूर्ण विकास लगायतका विषयहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान र छलफल गरेका थिए। साथै उनीहरूले डिजिटल सहकार्य सम्बन्धी आपसी हितयुक्त साझा जीत, डिजिटल अर्थतन्त्रको सिर्जनशीलता र विकासलाई सबल पार्ने विषयमा विस्तृत मतैक्य प्राप्त गरेका थिए।

 

प्राप्त जानकारी अनुसार, उक्त सम्मेलनले विश्व इन्टरनेट सम्मेलनको नील पत्रलाई जारी गर्दै इन्टरनेट विकास इतिहासमा प्राप्त महत्वपूर्ण प्रतिफललाई विश्वसमक्ष देखाएको छ।