जोर्डनका एक व्यापारी नाजिरको कथा
2022-11-11 10:17:01CRI
Share with:

विश्वविद्यालयमा अध्ययन सँगसँगै आफूले कमाएको पैसा ल्याएर जोर्डनका व्यापारी मोहमद नाजिरले चीनको च च्याङ प्रान्तको यी वु शहरमा आएर व्यापारको अवसर खोजेका थिए। “विश्वको थोक व्यापार केन्द्र” मानिने यस शहरमा उनले आयात र निर्यातको अवसर देखेका छन्। उनले यी वुका मालसामानहरु विश्वका विभिन्न ठाउँमा विक्री गर्दैआएका छन्।