चीन र सिंगापुरका प्रधानमन्त्रीहरूबीच भेटघाट
2022-11-12 15:52:24CRI
Share with:

स्थानीय समय नोभेम्बर ११ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले नोम पेन्हमा सिंगापुरका प्रधानमन्त्री ली सेन लुङसँग भेटघाट गर्नुभएको छ।

 

ली खछ्याङले चीन र सिंगापुर छिमेकी हुन् भन्दै दुई पक्षको सहयोग निरन्तर रुपमा विस्तार र सबल भैरहेको कुरा व्यक्त गर्नुका साथै चीनले सिंगापुरसँग उच्चस्तरीय आदान-प्रदान र विभिन्न स्तरीय आदान-प्रदानलाई घनिष्ठ पार्ने, महत्वपूर्ण क्षेत्रको सहयोगलाई सबल पार्ने, दुई पक्षको सहयोग स्तरलाई माथि उकास्ने कुरा बाउनुभयो। 

ली सेन लुङले सिंगापुरले चीनसँग दुई मुलुकको सहयोग चौतारोको प्रयास गरी विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।