ली खछ्याङद्वारा जापानी प्रधानमन्त्री, दक्षिण कोरियाका राष्ट्रपति र फिलिपिन्सका राष्ट्रपतिबीच बेग्ला-बेग्लै रुपमा भेटवार्ता
2022-11-12 19:35:51CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १२ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको नोम पेन्हमा पूर्वी एशियाली सहयोग सम्बन्धी नेताहरूको शिखर सम्मेलनका दौरान जापानका प्रधानमन्त्री फुमियो किशिदा, दक्षिण कोरियाका राष्ट्रपति युन सेक यूल र फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड रोमुल्डेज मार्कोससँग बेग्ला-बेग्लै रुपमा भेटवार्ता गर्नुभएको छ।

जापानका प्रधानमन्त्री किशिदासँग भेटवार्ता गर्दै ली खछ्याङले चीन र जापान छिमेकी भएको र दुई मुलुकले राजनीतिक, आर्थिक तथा व्यापारिकका अलावा जनस्तरीय तथा साँस्कृतिक सहयोग बढाउनुपर्ने र दुई मुलुकको सम्बन्धको स्वस्थ र स्थिर विकासलाई संयुक्त रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो।  

दक्षिण कोरियाका राष्ट्रपति युनसँगको भेटवार्तामा ली खछ्याले चीन र दक्षिण कोरियाले पारस्परिक सम्मान र पारस्परिक हितको भावनामा दुई मुलुकको विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्डसँगको भेटवार्तामा प्रधानमन्त्री ली ख छ्याङले चीन र फिलिपिन्सबीच गहिरो परम्परागत मित्रता रहेको, दुई मुलुकको साझा हित विवादभन्दा ठूलो भएको र दुई मुलुकको विभिन्न क्षेत्रको सहयोग पनि राम्रोसँग विकास भएको कुरा बताउनुभयो।