चीनले आत्मविकासमार्फत् दश जोड तीनको सहयोगका लागि शक्ति उपलब्ध गराउनेः ली खछ्याङ
2022-11-13 00:30:38CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १२ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको नोमपेन्हमा आशियान तथा चीन, जापान र दक्षिण कोरियाका नेताहरूको २५औं सम्मेलनमा उपस्थित हुँदै चीनको खुला ढोका अझै ठूलो हुने, चीनले आत्मविकासमार्फत् विश्वको विभिन्न मुलुकका लागि नयाँ मौका ल्याउने, दश जोड तीनको सहयोगका लागि शक्ति उपलब्ध गराउने आशा लिएको कुरा बताउनुभएको छ। 

ली खछ्याङले दश जोड तीन पूर्वी एशियाको सहयोगको मुख्य माध्यम हो भन्दै विभिन्न मुलुकले सहयोगको प्रवृत्तिलाई उदय गर्नुपर्ने, अन्तर्राष्ट्रिय व्यवसाय आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गर्नुपर्ने, क्षेत्रीय र विश्वको शान्ति तथा समृद्धिलाई बढाउनुपर्ने कुरामा जोड दिनुभयो।