ली खछ्याङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धकबीच भेटघाट
2022-11-13 15:59:09CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १२ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको नोमपेन्हमा अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टालिना जोर्जिभासँग भेटघाट गर्नुभएको छ। 

ली खछ्याङले हाल धेरै चुनौती रहेको अवस्थामा विभिन्न मुलुकले सहयोग र समष्टिगत अर्थतन्त्र नीतिको समन्वय बढाउनुपर्ने, विश्व अर्थतन्त्रको स्थिरताको संरक्षण गर्नुपर्ने र ह्रासमा धकेलिनबाट जोगिनुपर्ने कुरा बताउनुभयो। 

ली खछ्याङले चीनले अर्थतन्त्रलाई स्थिर पार्ने नीति र कदमलाई व्यवहारमा उतार्न निरन्तर रुपमा अगाडि बढ्ने कुरा बताउनुभयो। 

मुद्राकोषकी महाप्रबन्धक जोर्जिभाले हाल चीनको समष्टिगत नीति उचित र प्रभावकारी भएको, एएमएफले चीनसँग निरन्तर रुपमा सहयोग गर्ने कुरा बताउनुभयो।