चीन र लाओसका प्रधानमन्त्रीहरूबीच भेटघाट
2022-11-13 15:59:59CRI
Share with:

स्थानीय समय अनुसार नोभेम्बर १२ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियाको नोमपेन्हमा पूर्वी एशियाली सहयोग शिखर सम्मेलनमा सहभागी लाओसका प्रधानमन्त्री फान्खाम विफाभान्हसँग भेटघाट गर्नुभएको छ। 

ली खछ्याङले चीनले लाओससँग उच्चस्तरीय आदान-प्रदान गर्ने, राजनीतिक पारस्परिक विश्वासलाई घनिष्ठ पार्ने, व्यवहारिक सहयोगलाई सबल पार्ने, दुई मुलुकको सम्बन्धलाई अझै धेरै उपलब्धिमूलक बनाउन अघि बढ्ने कुरा बताउनुभयो। 

प्रत्युत्तरमा लाओसका प्रधानमन्त्रि फान्खामले लाओस र चीनबीचको रणनीतिक सहमति प्रभावकारी रुपमा व्यवहारमा उतारिएको र प्रशस्त उपलब्धि हासिल भएको कुरा बताउनुभयो। उहाँले लाओसले चीनलाई आफ्नो केन्द्रीय हितको संरक्षण गर्न समर्थन दिएको कुरामा जोड दिनुभयो। लाओसले चीनसँग अर्थतन्त्र तथा व्यापार, ऊर्जा स्रोत, कृषिआदि क्षेत्रहरूको सहयोगलाई बढाउने, चीन-लाओस रेलमार्गको भूमिका निर्वाह गर्ने, दुई मुलुकको सम्बन्धलाई नयाँ प्रगति हासिल गर्न अघि बढाउने आशा लिएको कुरा पनि उहाँले बताउनुभयो।