जी २० को १७औँ शिखर सम्मेलनमा सहभागी हुन राष्ट्राध्यक्ष सी चिन फिङ इण्डोनेसियामा
2022-11-14 18:49:01cri
Share with:

नोभेम्बर १४ तारिखको विहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङ जी २० मुलुक समूहका नेताहरूको १७औँ शिखर सम्मेलनमा सहभागी हुनका लागि  विमानद्वारा पैचिङबाट इन्डोनेसियाको बालीतिर प्रस्थान गर्नुभएको छ।

सी चिनफिङकी श्रीमती फङ लि युआन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् चिनियाँ केन्द्रीय कार्यालयका निर्देशक तिङ स्ये स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक विभागका स्थायी सदस्य, चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक विभागका स्थायी सदस्य, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् चिनियाँ विकास र सुधार समितिका निर्देशक ह ली फोङ पनि राष्ट्राध्यक्ष सी चिङफिङका साथ सो शिखर सम्मेलनमा सहभागी हुनु भएको छ।

सोही दिनको दिउँसो सी चिनफिङ बाली टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको छ। इन्डोनेसिया चीन सहकार्यका निर्देशक एवम् समुद्र र लगानी समन्वय मन्त्रालयका मन्त्री लुहुत र बाली जिल्लाका प्रमुख काउस्ट लगायतका उच्चस्तरीय सरकारी अधिकारीहरूले विमानस्थलमा सी चिनफिङसमेतका चिनियाँ नेताहरूलाई स्वागत गर्नुभयो।