फङ ली युआन जी २० शिखर सम्मेलन अन्तर्गत प्रथम महिला तथा प्रथम पुरुष कार्यक्रममा सहभागी
2022-11-15 19:17:29cri
Share with:

नोभेम्बर १५ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआन बाली टापुमा इण्डोनेशियाका राष्ट्रपतिकी श्रीमती इरियानाले आयोजना गर्नुभएको जी २० नेतागणको १७ औँ शिखर सम्मेलन अन्तर्गत प्रथम महिला तथा प्रथम पुरुष कार्यक्रममा सहभागी हुनुभएको छ।

 

श्रीमती इरियानाका साथमा श्रीमती फङले स्थानीय वाद्य वादन, पोशाक, हस्तकला र पर्यावरणीय खाद्य पदार्थ प्रदर्शनीको अवलोकन गर्नुका साथै बिरूवाको पातद्वारा इण्डोनेशियाली परम्परागत हस्तकला बनाइने रोचक प्रक्रिया पनि अभ्यास गर्नुभएको छ। दुवै देशले सम्बद्ध क्षेत्रमा आपसी आदानप्रदान र सहकार्यलाई सबल पारी क्षेत्रीय व्यवसायबाट गरिबी निवारण र पर्यावरणीय संरक्षणका लागि योगदान गर्दै जाने कुरा श्रीमती फङले बताउनुभएको छ।