चीन-अमेरिका नेता स्तरीय भेट-वार्ताको मुख्य बिषय
2022-11-15 19:10:18cri
Share with:

 

नोभेम्बर १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनपछि पहिलो पटक विदेश भ्रमण गर्ने क्रममा इन्डोनेसियाको बाली टापु पुग्नुभएको छ। सो भ्रमणको पहिलो महत्वपूर्ण कार्यक्रम अमेरिकी राष्ट्रपति जोसफ बाइडेनसँगको भेट-वार्ता हो।

सो वार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ युगमा चीन-अमेरिकाबीचको सम्बन्ध विकासका लागि तीनवटा मुख्य नीति औँल्याउनुभएको छ। ती नीति भनेको पारस्परिक सम्मान, शान्तिपूर्ण सम्बन्ध र साझा विजयका आधारमा सहकार्य रहेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त र चीन-अमेरिका संयुक्त घोषणा पत्रको पालना गरेर दुई पक्षीय मतभेद हटाउन साथै द्वन्द्वलाई रोक्नका लागि निकै महत्वपूर्ण भएको कुरा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

दुई मुलुकका नेताहरूले विश्व र क्षेत्रीय महत्वपूर्ण मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुभयो साथै जुन वार्तामा उहाँहरूले हालसम्म सम्पन्न नभएको युक्रेनको संकटबारे महत्व दिनुभएको पनि जनाइएको समाचार छ।