चीन- लक्जमबर्ग दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2022-11-16 17:14:56cri
Share with:

नोभेम्बर १६ तारिख चीन-लक्जमबर्गबीच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो। यस अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र लक्जमबर्गका ग्रान्ड ड्यूक हेनरीले आपसमा बधाई सन्देश आदानप्रदान गर्नु भएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन-लक्जमबर्गबीच दौत्य सम्बन्ध स्थापना ५० वर्ष यता यी दुई मुलुकले पारस्परिक सम्मान र आपसी विश्वासका आधारमा ठूलो-सानो मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध विकास साथै साझा हितको सहकार्य हुँदैआएर कलात्मक नमूना बनेको आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।

 

ग्रान्ड ड्यूक हेनरीले लक्जमबर्ग-चीन दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई पक्षीय राजनीति, अर्थतन्त्र र मानव सँस्कृति लगायतका विभिन्न क्षेत्रको सहकार्य उल्लेख्य प्रगति हासिल भएको साथै दुई मुलुकका जनताहरूको मैत्रीपूर्ण सम्बन्धको विकास हुँदै आएको कुरा उल्लेख गर्नु भएको छ।