राष्ट्राध्यक्ष सीद्वारा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग भेट-वार्ता
2022-11-16 20:08:13cri
Share with:

नोभेम्बर १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेसियाको बाली टापुमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेट-वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चीनद्वारा संयुक्त राष्ट्र संघको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय प्रणालीको समर्थन गरिरहेको कुरा बताउनुका साथै विश्व शान्ति संरक्षणका लागि संयुक्त राष्ट्र संघको विधानका बिषयहरू र सिद्धान्त पालना गर्नुपर्ने तथा विभिन्न मुलुकहरूको सुरक्षा मामिलामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।

 

महासचिव एन्टोनियो गुटेरेसले चीनसँग मिलेर घनिष्ट सहकार्य बनाउन संयुक्त राष्ट्र संघ इच्छुक रहेको बताउनुका साथै विश्व शान्ति र विकासका लागि चीनले अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा पनि प्रकट गर्नु भएको छ।