हजारौं जनस्वास्थ्य विशेषज्ञहरूले गम्भीर समयमा आफ्नो जागिर गुमाए
2022-11-16 17:29:08cri
Share with:

 

कोभिड-१९ ले सङ्क्रमण उच्च हुँदा, अमेरिकामा लगभग चार हजार उच्च दक्ष सरुवा रोग विशेषज्ञहरू, सञ्चार विशेषज्ञहरू र जनस्वास्थ्य नर्सहरूलाई जागिरमा लिइएको थियो। रोग नियन्त्रण र रोकथाम केन्द्रहरूमा आवद्ध एक गैर-नाफामुखी संस्थाले अग्रपंक्तिमा रहेका जनस्वास्थ्य विभागहरूमा काम दिनका लागि ती व्यक्तिहरुलाई काममा लिएको थियो।

 तर पछिल्ला केही महिनाहरूमा, स्थानीय र राज्य विभागहरूमा ती जनस्वास्थ्यकर्मीहरूका लागि सीडीसी फाउन्डेसनको अधिकांश सम्झौताहरू समाप्त भएका छन् किनभने समूहले यसको लगभग सबै २८ करोड ९० लाख अमेरिकी डलर कोभिड राहत कोषमा खर्च गरेको छ।