अन्तर्राष्ट्रिय मामिला विद्: राष्ट्राध्यक्ष सी चिनफिङको भाषणले विश्वव्यापी विकासको विश्वास बढाउँछ
2022-11-16 15:26:04cri
Share with:

नोभेम्बर १५ तारिख १७औँ जी-२० शिखर सम्मेलन इन्डोनेसियाको बालीमा आयोजना भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले "समयका चुनौतीहरूको सामना गर्ने र सँगसँगै राम्रो भविष्य निर्माण गर्ने" शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ । राष्ट्राध्यक्ष सी चिनफिङको भाषणले विश्व विकासमा विश्वास बढाउने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले बताएका छन्।

 

इन्डोनेसियाली सामाजिक विज्ञान अनुसन्धान केन्द्रका विज्ञ यान्टो भन्छन्:“म राष्ट्राध्यक्ष सी चिनफिङको भाषणबाट गहिरो प्रभावित भएँ,उहाँको भाषणले धेरै महत्वपूर्ण मुद्दाहरूलाई उल्लेख गर्नुभयो, ती सबै आज विश्वव्यापी मामिलामा तातो मुद्दाहरू छन्। उदाहरणका लागि, भूराजनीतिक अवस्था, निरन्तर महामारीको अवस्था, साथै खाद्य संकट र ऊर्जा संकट। राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो भाषणमा राखेका प्रस्तावहरूले यी समस्याहरूको स्पष्ट समाधान पाएका छन्।”

 

स्वीस गैरसरकारका वरिष्ठ सल्लाहकार माइकल भाटिजाउटिस भन्छन्: “राष्ट्राध्यक्ष सीको भाषणले अविकसित देशहरूको विकास समस्याहरू औँल्याएको छ। यी देशहरूलाई विशेष गरी खाद्य सुरक्षाको अवस्था र जलवायु परिवर्तनको प्रभावको सामना गरिरहेको बोझबाट मुक्ति दिलाउन आर्थिक सहायता आवश्यक छ।”