जी २० बाली टापु शिखर सम्मेलनको पहिलो दिनमा राष्ट्राध्यक्ष सी अत्यन्त व्यस्त
2022-11-16 17:16:56cri
Share with:

 

नोभेम्बर १५ तारिख जी २० को १७ औँ शिखर सम्मेलन इण्डोनेशियाको बाली टापुमा शुरू हुँदा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “सँगै मिलेर युगको चुनौतीको सामना गर्नुका साथै सुमधुर भविष्यको सिर्जना गरौं” शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभयो।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले मुख्यतया वर्तमान विश्व विकास क्षेत्रमा देखा परेको सबभन्दा कठिन चुनौती अर्थात् खाद्य पदार्थ र उर्जा सुरक्षाको विस्तुत रूपमा ब्याख्या गर्नुभएको छ।

 

अघिल्लो दिन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेपछि नोभेम्बर १५ तारिख राष्ट्राध्यक्ष सीले बाली टापुमा सो शिखर सम्मेलनमा सहभागी हुनुभएका अन्य ८ जना विदेशी नेतासँग पनि भेट वार्ता गर्नुभएको थियो।