नैरोबीमा चीन-अफ्रिका मिडिया चर्चा
2022-11-17 20:12:37cri
Share with:

 

नोभेम्बर १६ तारिख चाइना मिडिया ग्रुप अन्तर्गत अफ्रिकी ब्युरो अफिसबाट आयोजित “नयाँ युगको चीन र विश्व” शीर्षकमा चीन-अफ्रिका मिडिया चर्चा केन्याको राजधानी शहर नैरोबीमा आयोजित भएको छ। यो चर्चा चाइना मिडिया ग्रुपको “अफ्रिकी मित्रता” शीर्ष मिडिया सहकार्य मञ्च अन्तर्गत महत्वपूर्ण कार्यक्रमहरूमध्येको एक हो।

 

केन्या, रुवाण्डा, तान्जानिया, मेडागास्कर, दक्षिण सुडान, जाम्बिया, सियरालियोनसमेत जम्मा २० वटा मुलुकबाट आएका ६० जना मिडिया जिम्मेवार व्यक्ति र विज्ञले सो चर्चामा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

 

उक्त कार्यक्रममा सहभागीहरूले चिनियाँ कम्युनिष्ट्र पार्टीको २०औँ महाधिवेशनपछि चीनको नयाँ विकासबाट अफ्रिकाका लागि नयाँ मौका पुर्याउनसक्ने र चीन-अफ्रिका भाग्य समुदायको निर्माण गर्न नयाँ शक्ति थप्न सक्ने साथै चीन-अफ्रिका मिडिया सहकार्यलाई प्रबर्द्धन गर्नसक्ने विचार व्यक्त गरेका छन्।