जी बीस समूहको नेता स्तरीय शिखर सम्मेलन सम्पन्न
2022-11-17 09:21:45cri
Share with:

१७औँ जी बीस समूहको नेता स्तरीय शिखर सम्मेलन १६ तारिख इन्डोनेसियाको बालीमा सम्पन्न भएको छ। शिखर सम्मेलनले "जी बीस समूह नेताहरूको बाली शिखर सम्मेलन घोषणा" पारित गरेको छ।

उक्त घोषणामा जोड दिएअनुसार, विश्वको सबैभन्दा ठूलो आर्थिक समूह भएकाले जी बीस समूहका सदस्यहरूले विश्व आर्थिक पुनरुत्थानलाई प्रवर्द्धन गर्न, विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न र बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धिको जग बसाल्न सामूहिक जिम्मेवारी लिनुपर्ने र सहयोगात्मक कदम चाल्नुपर्ने आवश्यकता छ।

वर्तमान विश्वव्यापी बहुसंकट, कोभिड-१९ महाममारी, जलवायु परिवर्तन जस्ता चुनौतीहरूबाट अर्थतन्त्रमा सुस्तता र गरिबी चर्कँदै आएको देखिन्छ।

घोषणामा भनिएको छ कि विश्वव्यापी अर्थतन्त्रको लागि यो महत्वपूर्ण घडीमा जी बीस समूहले ठोस, सटीक, द्रुत र आवश्यक कदम चाल्नुपर्दछ। जी बीस समूहले विकासोन्मुख देशहरू, विशेष गरी अल्पविकसित देशहरू र साना टापुहरू विकासशील राष्ट्रहरूलाई सहयोग गर्न, विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध रहने छ।

जी बीस समूह नेता स्तरीयको अर्को शिखर सम्मेलन सेप्टेम्बर २०२३ मा भारतको राजधानी नयाँ दिल्लीमा हुने छ।