राष्ट्राध्यक्ष सी चिनफिङ एपेकको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुनुहुने
2022-11-17 19:16:02cri
Share with:

नोभेम्बर १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेषविमानद्वारा थाइल्याण्डको राजधानी बैंकक पुग्नु भएको छ। त्यहाँ एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुनुबाहेक नेता सीले थाइल्याण्डको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ ली युआनको सम्मानमा थाइल्याण्डका प्रधानमन्त्री दम्पत्ति, उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री दम्पत्ति र संस्कृति मन्त्रीको दम्पत्ति अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो।

 

राष्ट्राध्यक्ष सी जी २० को १७ औँ शिखर सम्मेलन सम्पन्न भएपछि बालीबाट बैंकक पुग्नुभएको हो।