राष्ट्राध्यक्ष सी चिनफिङ बालीस्थित विभिन्न कार्यक्रममा सहभागी
2022-11-17 19:09:24cri
Share with:

 

नोभेम्बर १६ तारिख जी २० समूह बाली टापु शिखर सम्मेलनको दोस्रो दिन अर्थात् सम्पन्न भएको दिनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दुवैपक्षीय तथा बहुपक्षीय विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो।

 

सोही दिन दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेट-वार्ता गर्नुभयो र साँझमा उहाँले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग भेट-वार्ता गर्नुभयो। यस बाहेक सोही दिन रातमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति जोकोसँगै जाकार्ता-बांडुङ उच्च गतिको रेलमार्गको परीक्षण सञ्चालनको परिस्थिति निरीक्षण गर्नुहुँदै दुवै मुलुकबीचको सहकार्य उपलब्धिको प्रदर्शनी अवलोकन गर्नुभएको छ।