फङ लि युआनद्वारा इन्डोनेसियाका प्रथम महिला इरियानासँग भेटवार्ता
2022-11-17 09:18:47cri
Share with:

नोभेम्बर १६ तारिख राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ लि युआनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोकी पत्नी इरियानासँग बालीमा भेट गर्नुभएको छ। फङ लि युआन आइपुग्दा स्थानीय युवाहरूले इन्डोनेसियाली परम्परागत वाद्ययन्त्र गेमलानकोसाथमा स्वागत गीत बजाएका थिए। इरियानाले न्यानो अभिवादन व्यक्त गर्दै फङसँग सामूहिक फोटो खिच्नुभएको छ।

इरियानाको साथमा फङले इन्डोनेसियाली परम्परागत संस्कृति तथा कला प्रदर्शनी र हस्तकला उत्पादनहरूको प्रदर्शनीको अवलोकन गर्नुभएको छ। स्थानीय युवतीहरूले चाडपर्वको पोशाकमा सज्जिएर विशिष्ट पाहुनाको स्वागतमा ‘पुण्डे नाच’देखाएका थिए। फङले उनीहरूसँग सौहार्दपूर्ण कुराकानी गर्दै बालीको उत्कृष्ट हस्तनिर्मित रेशम उत्पादनहरूको प्रशंसा गर्नुभएको छ।

सो भेटको अन्त्यमा बालीको उदयना विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट फर टुरिज्मका विद्यार्थीहरूले राष्ट्रिय पोशाक लगाएर चिनियाँ भाषामा इन्डोनेसियाली गीत ‘द ब्यूटीफुल सोलो रिभर’गाएका थिए। फङले विद्यार्थीहरूको अध्ययन सम्बन्धमा र जीवनको बारेमा जानकारी लिनुभएको थियो। उहाँले सबैलाई चिनियाँ भाषा राम्रोसित सिक्न अनुरोध गर्दै चीन-इन्डोनेसिया सहयोगको राजदूत बन्न प्रोत्साहन पनि गर्नुभएको छ ।