सीएमजी र थाइल्याण्डको जनसम्पर्क कार्यालयबीच सहयोग पत्रमा हस्ताक्षर गर्ने सहमति
2022-11-18 15:05:53cri
Share with:

हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङ २९औँ एपेक आर्थिक नेताहरूको बैठकमा सहभागी हुनुकालागि थाइल्याण्डको भ्रमणमा हुनुहुन्छ। यसै अवसरमा चाइना मिडिया ग्रुप (सीएमजी)का निर्देशक शन हाइ स्योङ र थाइल्याण्डको प्रधानमन्त्री सचिवालयका सचिव अनुचा नाकासाईले "सीएमजी र थाइल्याण्डको जनसम्पर्क कार्यालयबीच सहयोगकालागि सहयोग पत्रमा हस्ताक्षर गर्ने सहमति गर्नुभएको छ।

 

यो सीएमजी र थाइल्याण्डको जनसम्पर्क कार्यालयले दुई देशका नेताहरूको रणनीतिक नेतृत्वमा सहयोग सुदृढीकरणमा प्राप्त गरेको पछिल्लो उपलब्धि हो। हालैका वर्षहरूमा सीएमजी र थाइल्याण्डको जनसम्पर्क कार्यालयले मिडिया क्षेत्रमा धेरै व्यावहारिक सहयोग गर्दैआएको छ।