श्रीमती फङ ली युआनद्वारा थाइल्याण्डको आयुथाया राष्ट्रिय कला सङग्रहालयको अवलोकन
2022-11-18 19:22:27cri
Share with:

थाइल्याण्डका प्रधानमन्त्रीकी श्रीमती नारापोर्म च्यान ओछाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ ली युआनले नोभेम्बर १८ तारिख बिहान एपेकको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी भएका केही आर्थिक समुदायका नेता र प्रतिनिधिका श्रीमान र श्रीमतीसँगसँगै आयुथाया राष्ट्रिय कला सङग्रहालयको अवलोकन गर्नुभएको छ।

 

श्रीमती फङ आउनुहुने बित्तिकै श्रीमती नारापोर्मले सङग्रहालयको द्वार अगाडि उभिएर सौहार्दपूर्ण स्वागत गर्नुका साथै श्रीमती फङका साथमा पूरै सङग्रहालयको अवलोकन गर्नुभएको छ। सो सङग्रहालयमा थाइल्याण्डका राजदरबारका बिशाल समारोहका कला वस्तु र थाइल्याण्डका परम्परागत हस्तकला प्रदर्शनी भइरहेको छ।

 

अवलोकनको क्रममा श्रीमती फङले पेशागत ब्याख्याको सुनुवाई गर्नुबाहेक थाइल्याण्डको हस्तकलाकारको कुशल भावनाको सराहना गर्नुभएको छ। साथै उहाँले अन्य आर्थिक समुदायका नेता र प्रतिनिधिका श्रीमान र श्रीमतीसँग आदान प्रदान गर्नुका साथै फोटो पनि खिचाउनुभएको छ।