राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी उपराष्ट्रपतिसँग भेटवार्ता
2022-11-19 17:24:50cri
Share with:

नोभेम्बर १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बैंककमा आयोजित एसिया-प्रशान्त आर्थिक सहकार्य संगठनको नेता स्तरीय अनौपचारिक सम्मेलनमा सहभागी हुँदै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको निमन्त्रणामा उहाँसँग भेट-वार्ता गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले वार्तामा चीन र अमेरिका यी दुवै पक्षले आपसी समझदारीलाई थप बढाउने र गलत बुझाइ तथा गलत निर्णयलाई सक्दो घटाउने साथै यी दुवै पक्षको सम्बन्ध पुन स्वस्थ र स्थिर बाटोमा विकास बनाउने आशा लिनुभयो।

 

उपराष्ट्रपति कमला ह्यारिसले अमेरिका र चीनका नेताहरू हालको भेट-वार्ता सफलताका साथ गर्नुभएको कुरा भन्नुका साथै चीनसँगको टकराव र द्वन्द्व अमेरिकाले नचाहेको र यी दुवै देशले राम्रोसँग सम्पर्क गरी अन्तर्राष्ट्रिय मामिलामा सहकार्य बनाउनुपर्ने कुरा पनि व्यक्त गर्नुभएको छ।