राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छैटौँ चीन-दक्षिण एसिया एक्स्पोलाई बधाई सन्देश
2022-11-19 17:22:22cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १९ तारिख छैटौँ चीन-दक्षिण एसिया एक्स्पोलाई बधाई सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले विभिन्न मुलुकसँगै मिलेर चीन-दक्षिण एसिया एक्स्पोको सदुपयोग गर्दै बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुका साथै सँगसँगै अझ समृद्ध र सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

 

छैटौँ चीन-दक्षिण एसिया एक्स्पो नोभेम्बर १९ तारिखदेखि युननान प्रान्तको खुनमिङ शहरमा शुरू भएको छ। “सँगै मिलेर नयाँ अवसरको उपभोग गरौँ, नयाँ विकास खोजौँ” यस एक्स्पोको मुख्य नारा रहेको छ।