राष्ट्राध्यक्ष सी चिनफिङ एपेकको २९ औँ नेतागणको अनौपचारिक सम्मेलनमा
2022-11-19 17:21:20cri
Share with:

नोभेम्बर १९ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ बैंककमा निरन्तर रूपमा एसिया प्रशान्त आर्थिक सहयोग संगठनको २९औं नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुनुहुन्छ।

 

सम्मेलनमा सहभागी अतिथिहरूले दिगो व्यापार र लगानी समस्याबारे विचार विमर्श गरेका छन्। सो क्रममा राष्ट्राध्यक्ष सीले स्वतन्त्र र खुलस्त व्यापार र लगानी नै एपेकको सिद्धान्त र नियम रहेको भन्दै सन् २०४० पुट्राजाया अभिलाषालाई साकार तुल्याइने महत्वपूर्ण पूर्वाधार रहेको कुरामा जोड दिनु भएको छ।

 

उक्त सम्मेलनमा “एसिया प्रशान्त आर्थिक सहयोग संगठनका नेतागण घोषणा पत्र सन् २०२२” र “जैविक वस्तुको चक्रबद्ध हरित अर्थतन्त्र सम्बन्धी बैंकक लक्ष्य” सार्वजनिक गरिएको छ।