राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमति थाइल्याण्डका राजा रानीसँग भेट-घाट
2022-11-19 17:23:27cri
Share with:

नोभेम्बर १८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लियुआनले बैंकक महान दरवारमा थाइल्याण्डका राजा वजिरालोङकोर्न तथा रानी सुथिदासँग भेट-घाट गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले वार्तामा चीन र थाइल्याण्ड राम्रो साथी, घनिष्ट परिवार र मित्र भएको बताउनुभयो। उहाँले यी दुवै देशबीचको सम्बन्ध हावाहुरी र भीषण वर्षा अनुभव गरेपछि नयाँ युगमा घनिष्ट सम्बन्धको निरन्तररूप विकास हुँदैजाने कुरा पनि औँल्याउनुभयो। यो वर्ष चीन-थाइल्याण्डबीचको सम्पूर्ण रणनीतिक सहकार्य साम्झेदारी सम्बन्ध स्थापना भएको दशौं वार्षिकोत्सव हो र थाइल्याण्डसँग मिलेर यी दुवै देशको भाग्यको समूदायलाई संयुक्तरूपमा निर्माण गर्ने साथै दवैपक्षीय सम्बन्धलाई नयाँ प्रगति प्रक्रिया बनाउन चीन इच्छुक रहेको कुरा सी चिनफिङले जोड दिनुभयो।

राजा वजिरालोङकोर्नले राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीन समृद्धि बन्दैआएको बताउनुका साथै चीनले गरिबी निवारण तथा जनताको जीवन सुधार बनाउने उल्लेखीय उपलब्धिमा प्रशंसा गर्नुभयो। चीनसँग मिलेर दुवै देशबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्धलाई अरू बढी गहन बनाउने यो थाइल्याण्डको आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।