बालबालिकाहरुको संरक्षण तथा विकास विषयक चीनको पहिलो निलो पत्र सार्वजनिक
2022-11-20 16:24:18cri
Share with:

चिनियाँ बाल बालिकाहरुको कल्याणकारी केन्द्रले नोभेम्बर १८ तारिख “चीनका बालबालिकाहरुको संरक्षण तथा विकास प्रतिवेदन सम्बन्धी निलो पत्र २०२२ ” पैचिङमा सार्वजनकि गरेको छ। प्राप्त समाचार अनुसार,“चीनका बालबालिकाहरुको संरक्षण तथा विकास प्रतिबेदन सम्बन्धी निलो पत्र २०२२ ”ले बालबालिकाहरुको संरक्षण तथा विकास क्षेत्रमा चीनको अध्ययनको अभाव समस्याको समाधान गरेको छ,जुन यस क्षेत्रको पहिलो निलो पत्र हो।

४ लाख ३० अक्षर भएको उक्त निलो पत्रलाई समष्टिगत प्रतिबेदन,६ प्रकारको संरक्षणको वर्तमान स्थितिको विश्लेषण तथा विशेष प्रतिबेदन ३ भागमा विभाजन गरिएको छ। समष्टिगत प्रतिबेदनमा सम्बन्धित परिभाषाबारे विस्कृत विश्लेषण गरिनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बालबालिकाहरुको संरक्षण कार्यको एक सय वर्षसम्मको विकास प्रक्रियामा ४ चरणमा विभाजित गरी चौतर्फी रुपमा पुन:रावलोकन गरिएको छ।