बंगलादेशको राजधानी ढाकामा “चीन,नयाँ यात्रा” वृत्तचित्र सञ्चार माध्यमका लागि प्रदर्शन
2022-11-20 16:23:37cri
Share with:

चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्र र बंगलादेशका लागि चिनियाँ राजदूताबासले संयुक्त रुपमा आयोजना गरेको “चीन,नयाँ यात्रा” वृत्तचित्र सञ्चार माध्यमका लागि प्रदर्शन कार्यक्रम नोभेम्बर १८ तारिख बेलुका बंगलादेशको राजधानी ढाकामा आयोजित भएको छ। बंगलादेशका लागि चिनियाँ राजदूत ली मिङले सो कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। बंगलादेशको राष्ट्रिय समाचार समिति,स्थानीय टेलिभिजन,समाचार पत्र तथा वेबसाइट लगायत ३० भन्दा बढी मुख्य सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिहरु र बंगलादेशका लागि चिनियाँ संस्थाका प्रतिनिधिहरु लगायत करिब एक सय जना अतिथिहरु चाइना मिडिया ग्रुपबाट बनाइएको “चीन,नयाँ यात्रा” तथा धेरै उत्कृष्ट वृत्तचित्रहरुको प्रचार प्रसार भिडियो हेर्दै उच्च मूल्याङ्कन गर्नुभयो।

विगत केही वर्षयता चाइना मिडिया ग्रुप र बंगलादेशको सञ्चार माध्यमको संयुक्त प्रयासमा चीन अथवा चीन र बंगलादेशबाट संयुक्त रुपमा बनाइएका धेरै चलचित्र तथा टेलिभिजन कार्यक्रमहरु बंगलादेशका दर्शकहरुका सामु प्रदर्शन गरिएका छन्। जसबाट बंगलादेशका जनता चीनबारे जानकारी लिन झ्याल खोलिएको छ।