राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विकासोन्मुख मुलुकहरूको विज्ञान प्रतिष्ठानको १६औँ शैक्षिक सम्मेलन र ३०औँ शिक्षाविद् सम्मेलनलाई शुभकामना सन्देश
2022-11-22 09:54:58cri
Share with:

नोभेम्बर २१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विकासोन्मुख मुलुकहरूको विज्ञान प्रतिष्ठानको १६औँ शैक्षिक सम्मेलन एवम् ३०औँ शिक्षाविद् सम्मेलनलाई शुभकामना सन्देश दिनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनले आधुनिक विज्ञानको विकासमा उच्च महत्व दिएको, विकासोन्मुख मुलुकहरूलगायत विभिन्न मुलुकसँग मिलेर अन्तर्राष्ट्रिय विज्ञान क्षेत्रको खुलापन, विश्वास र सहयोगलाई बढाउन, वैज्ञानिक समृद्धि र विकासमार्फत विभिन्न मुलुकका जनतालाई लाभ दिन, विश्वको विकास प्रस्तावलाई अगाडि बढाउन, सँयुक्त राष्ट्र सँघको सन् २०३० दिगो विकास विषयलाई व्यवहारमा उतार्न र मानव भाग्य समुदायलाई अगाडि बढाउनका लागि योगदान दिने आशा लिएको उल्लेख गर्नुभएको छ।