अमेरिकी जनमत:आसन्न महोत्सवमा खाद्य खर्च कटौती हुने ७० प्रतिशत उत्तरदाताको योजना
2022-11-23 18:53:02cri
Share with:

 

अमेरिकी कृषि संघले सार्वजनिक गरेको पछिल्लो सूचना अनुसार, मुद्रास्फीतिका कारण अमेरिकामा खानाको शुल्क चर्कँदैआएको छ। आउन लागेको महोत्सवमा अमेरिकाको पारिवारिक रात्रीभोजको खर्च गत वर्षको भन्दा धेरै बढ्ने भएको छ। २२ तारिख अमेरिकाको स्थानीय मिडियाले सार्वजनिक गरेको एक जनमत अनुसार, ७० प्रतिशत उत्तरदाताले महोत्सव अवधिमा खाना खर्च कटौती गर्ने योजना बनाएका छन्।

 अमेरिकी श्रम विभागको तथ्याङ्क अनुसार, अमेरिकाको खाद्य मूल्य गत वर्षको तुलनामा लगभग ११ प्रतिशतले बढेको छ। उत्तरदाताका अनुसार, टर्कीको मूल्य दोब्बर बढेको छ भने टर्कीकै पनि अभाव भएको छ र यो मात्र नभई सबै कुराको मूल्य बढेको छ।

 जनमतका क्रममा कर्मचारीले बताएअनुसार तेलको मूल्य, हिटर लागत, घर भाडा लगायत धेरै बढेको छ र सर्वसाधारणको दैनिक जीवन खर्चको सीमालाई भयंकर रूपमा घटाएको छ।