सन् २०२२ शाङहाइ अन्तर्राष्ट्रिय नगर तथा वास्तुकला एक्स्पो सुरू
2022-11-27 16:10:15cri
Share with:

नोभेम्बर २७ तारिख सन् २०२२ शाङहाइ अन्तर्राष्ट्रिय नगर तथा वास्तुकला एक्स्पो सुरू भएको छ। यस एक्स्पोले शहरको निर्माण तथा विकास, हरित वास्तुकला र कार्बन कटौती, स्मार्ट शहर तथा परिष्कृत व्यवस्थापन समेत विषयमा फोकस गरी नगर रूपान्तरण र दीगो विकासमा लक्षित शाडहाङ अभ्यास देखाउने छ।

 

थाहा भएअनुसार, एक्स्पोको अवधिमा “व्यवहार, क्षेत्रबाट विश्वसम्म—नगर विकास, हरित स्मार्ट” विषयक प्रमुख मञ्चको आयोजना गरिनेछ। साथै हरित वास्तुकला, पुरानो जिल्लाको पुनःनिर्माण, शहरको नयाँ पूर्वाधार, सुन्दर ग्रामीण निर्माण, हरित निर्माण, ऊर्जा इन्टर्नेटलगायत विशेष गोष्ठीको आयोजना गरिनेछ।

 

शाङहाइ अन्तर्राष्ट्रिय नगर तथा वास्तुकला एक्स्पो विश्व नगर दिवसको महत्वपूर्ण कार्यक्रममध्येको एक हो।