चिनियाँ प्रधानमन्त्री र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता
2022-11-28 17:17:38CRI
Share with:

नोभेम्बर २८ बिहान चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनको राजकीय भ्रमणमा रहनुभएका मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री लीले जोड दिँदै हाम्रो द्विपक्षीय सम्बन्धको विकास सम्बन्धी विस्तृत योजना बनाउन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति खुरेलसुहसँग वार्ता गर्नुहुने जानकारी दिनुभयो।

साथै प्रधानमन्त्री लीले यसरी पुष्टि गर्नुभयोः चीन र मंगोलियाबीचको सहकार्य क्षेत्रीय स्थिरता र विकासका लागि मात्र नभई विश्व शान्तिका लागि पनि सकारात्मक शक्ति थपिने छ। मंगोलियासँग दुई देशबीच आर्थिक र व्यापारिक सहयोगको स्तरलाई उकास्ने, पूर्वाधार निर्माण तथा कोइला लगायतका ऊर्जाको विकास गर्ने सहयोग प्रवर्द्धन पार्ने इच्छा चीनले लिएको छ जसबाट संयुक्त रूपमा ऊर्जा सुरक्षा र स्थिर आपूर्तिको रक्षा गर्न सकिने छ। यसका अतिरिक्त, सीमा नाका पारवहन र रेलवेद्वारा नाकाको कनेक्टिभिटी बढाउने सक्रिय सहयोगलाई सबल पार्ने अपेक्षा पनि चीनले गरेको छ।

भेटमा मंगोलियाली राष्ट्रपति खुरेलसुहले विगत ४० वर्षसम्म सुधार र खुलापन लागू भइरहेको चीनले हासिल गरेका विकास उपलब्धिका लागि बधाई दिनुभयो। साथै उहाँले मंगोलिया चीनसँग दीर्घकालीन र स्थिर असल छिमेकीपन मैत्रीपूर्ण सम्बन्धको विकास गर्न प्रतिबद्ध रहेको र चीनसँग विकास रणनीतिलाई जोड्दै मंगोलिया–चीन आर्थिक तथा व्यापार सहयोगको मध्यावधि विकास कार्यक्रमको नयाँ संस्करणको कार्यान्वयन गर्ने इच्छा व्यक्त गर्नुभयो। मंगोलिया–चीन चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै पक्षले संयुक्त प्रयास गर्ने अपेक्षा पनि उहाँले गर्नुभयो।