परराष्ट्र मन्त्री वाङ यी तथा चीनका लागि नयाँ रूसी राजदूत बीच भेट
2022-11-28 15:05:53cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य, राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले २७ तारिख चीनका लागि नयाँ रूसी राजदूत इगोर मोर्गुलोभसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा परराष्ट्र मन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन भए तापनि दुई ठूला छिमेकी मुलुकको हैसियतमा चीन र रूस दुवैले निरन्तर रूपमा रणनीतिक पारस्परिक विश्वास र वास्तविक सहकार्यलाई अघि बढाउनुका साथै दुई देश बीचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई गहन पारी सँगै मिलेर अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्दै जाने कुरामा जोड दिनुभएको छ।

 

नव राजदूत मोर्गुलोभले दुई देशका राष्ट्रनायकको नेतृत्वमा द्वीपक्षीय सम्बन्धलाई अघि बढाउनुका साथै चौतर्फी सहकार्यलाई गहन पारी रूस चीन सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै जान रूस इच्छुक रहेको औँल्याउनुभएको छ।

 

भेटका अवसरमा दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारे पनि वैचारिक आदान प्रदान गरेका छन्।