श्रीलङ्कामा ‍ भएको चिनियाँ लगानीमा राजनीतिक स्वार्थ नभएको चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ
2022-11-28 17:18:54CRI
Share with:

चीनले श्रीलङ्काको अनुरोधको सम्मान गर्ने गरेको र श्रीलङ्कालाई ऋण दिन कहिल्यै बाध्यता नदिएको श्रीलङ्काका विदेशमन्त्री अलि साब्रीले बताउनु भएको छ। चीनले विभिन्न तरिकामार्फत् श्रीलङ्कालाई धेरै आर्थिक समर्थन र मानवीय सहायता प्रदान गरिरहेको छ र कथित "ऋणको पासो" पश्चिमी कथा मात्र हो भन्ने ठहर पनि उहाँले गर्नुभयो। विदेश मन्त्री साब्रीले अगाडी भन्नुभयोः चीन सधैँ श्रीलङ्काको घनिष्ठ मित्र हो र चालू वर्षमा रबर-चामल सम्झौतामा हस्ताक्षरित भएको ७० औँ वार्षिकोत्सव पनि दुवै पक्षले मनाएका छन्।

यसबारे चर्चा गर्दै नोभेम्बर २८ मा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले भन्नुभएको छः ' विदेशमन्त्री साब्रीको टिप्पणीको हामी स्वागत गर्दछौँ। केही समयसम्म बाह्यले चर्चा गरेको श्रीलङ्कामा तथाकथित चीनको 'ऋणको पासो' भन्ने अड्कलबाजीको यो बलियो खण्डन हो।

चीनले श्रीलङ्कालाई दिएको सहयोगमा कहिल्यै पनि राजनीतिक शर्त नराखेको र श्रीलङ्कामा लगाइएको लगानी र वित्तपोषणमा कुनै राजनीतिक स्वार्थ नभएको भन्दै प्रवक्ता चाउले जोड दिनुभयो। श्रीलङ्काको आर्थिक र सामाजिक विकासका लागि चीनले भ्याएसम्म सहयोग दिँदै आएको प्रवक्ता चाउले उल्लेख गर्नुभयो।