#अल्पसंख्यक जाति# गाउँका अविवाहित पुरूष गरिबीका साथै एकल जीवनबाट पनि मुक्त
2022-11-29 10:33:03cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिनिधि श चिनथोङ चिनियाँ हुनान प्रान्तीय स्याङसी थुच्या जातीय स्वायत्त प्रिफेक्चर शबातुङ नामक गाउँका प्रमुख हुनुहुन्छ। उहाँ थुच्या जातीय हुनुहुन्छ।

 

शबातुङ नामक गाउँ पहाडी क्षेत्रमा पर्दछ। त्यहाँको प्राकृतिक दृश्य ज्यादै सुन्दर भए तापनि पहिले अति गरिब गाउँ थियो। त्यहाँ यातायातको सुविधा थिएन साथै सरदर खेती कम थियो। दीर्घकालसम्म सर्वसाधारणको जीवनस्तर गरिबी रेखाभन्दा कम थियो।

 

सन् २०१३ मा शबातुङ गाउँ चीनमा “लक्षित गरिबी निवारण” धारणा व्यवहारमा उतार्ने पहिलो गाउँ बनेको थियो। चीनमा एउटा भनाइ छ, समद्धि खोजेमा सर्वप्रथम मार्गको निर्माण गर्नुपर्छ। पर्यटकीय अर्थतन्त्रको विकास गर्ने उदेश्यमा श चिनथोङले गाउँलेहरूको नेतृत्व गरेर मार्ग र पार्किङ स्थानको निर्माण गर्नुभएको थियो। आधारभूत प्रबन्धको सुधार भएपछि पहिले गाउँले र बाहिर संसारको सम्पर्कलाई रोक्ने स्वच्छ पानी र हरियो पहाड क्रमशः सुन तथा साँदी बन्नथालेको छ। हाल शबातुङ गाउँमा पशुपालन, पर्यटन, पहाडी फोहरा, म्याउ जातीय बुनाइकलालगायत विभिन्न व्यवसायको विकास गरेर ग्रामीण पुनरूत्थान गरिरहेको छ।

 

२०औँ महाधिवेशनको अवसरमा श चिनथोङले सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा शबातोङ गाउँको परिवर्तनबारे उल्लेख गर्नुभएको थियो। उहाँका अनुसार, हाल शबातोङ गाउँका अविवाहित पुरूषहरू गरिबीबाट मुक्त हुनुकासाथै एकल जीवनबाट पनि मुक्त भएका छन्। केही युवकहरू ठूला शहरबाट फर्केर गाइड बनेका छन्, केही गाउँको अधिकारी बनेका छन् र केहीले आफ्नो व्यापार सुरू गरेका छन्।

 

श चिनथोङको जानकारीमा हाल शबातोङ गाउँको जीवन झन् झन् राम्रो बन्दैगएको छ। प्रत्येक मान्छेको सरदर आम्दानी सन् २०१३ को १,६६८ युआनबाट चालू वर्षको २३,५०५ युआनसम्म पुगेको छ।

 

हाल हिउँद पर्यटनको अफ-सिजन हो। पर्यटकलाई अझै राम्रो सेवा दिनका लागि गाउँले पर्यटकीय क्षेत्रका सबै कर्मचारीलाई विशेष तालिम दिइरहेको छ। ग्रामीण पुनरूत्थानको क्रममा शबातोङ गाउँ अझै राम्रो हुने विश्वास श चिनथोङले गर्नुभएको छ। ‘लक्षित गरिबी निवारणजस्तै जति टाढा भए पनि छोड्ने छैन। चिनियाँ कम्युनिष्ट पार्टीले गरेको वचनबद्धता अवश्य नै व्यवहारमा उतारिने छ।’ श चिनथोङले भन्नुभयो।