दक्षिणी युद्धस्थलका प्रेस प्रवक्ताद्वारा अमेरिकी पानी जहाज आकस्मिक रूपमा चीनको नान शा टापु वरपरको समुद्री क्षेत्रमा प्रवेश गरेको घटनाबारे सम्बोधन
2022-11-29 15:41:03cri
Share with:

नोभेम्बर २९ तारिख अमेरिकी चान्सलर्सभिल क्षेप्यास्त्र गश्ती पानीजहाज चीन सरकारको अनुमोदन बिना अवैध रूपमा चीनको नान शा टापु वरपरको समुद्री क्षेत्रमा प्रवेश गरेको छ। चिनियाँ जनमुक्ति सेनाको दक्षिणी युद्धस्थलले नौसेना र वायुसेना शक्तिलाई संगठित गरी त्यसलाई निष्काशन गर्ने चेतावनी दिएको छ। दक्षिणी युद्धस्थलका प्रेस प्रवक्ता अर्थात् वायुसेनाका जनरल थ्यान च्युन लीले उक्त जानकारी दिनुभएको हो।

 

प्रेस प्रवक्ता थ्यानका अनुसार, अमेरिकी सेनाको त्यस कारवाईले गम्भीर रूपमा चीनको सार्वभौमिकता र सुरक्षाको उल्लङघन गरेको छ। त्यो अमेरिकाले समुद्री क्षेत्रमा प्रभुत्व जमाउने र दक्षिण चीन सागरमा सैनिकीकरण गर्ने अर्को प्रमाण रहेको छ। त्यसबाट अमेरिकाले दक्षिण चीन सागरको सुरक्षा अवस्थामा खतरा बनाउन खोजेको प्रतिबिम्बित भएको छ।

 

दक्षिण चीन सागरका टापुहरू र वरपरका समुद्री क्षेत्रमा चीनको सार्वभौमिकता रहेकोले युद्धस्थलको फौजले सधैं नै उच्च सतर्कता कायम राख्नुका साथै दृढताका साथ देशको सार्वभौमिकता र सुरक्षा तथा दक्षिण चीन सागर क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गर्नुपर्ने कुरामा पनि प्रवक्ता थ्यानले जोड दिनुभएको छ।