“छ्यौ श” पत्रिकामा सी चिनफिङको महत्वपूर्ण सम्बोधन प्रकाशित
2022-11-30 17:33:54CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले “१९औं केन्द्रिय समितिको सातौं पूर्ण बैठकमा गर्नुभएको सम्बोधन  डिसेम्बर १ तारिख प्रकाशन हुने “छ्यौ श” पत्रिकामा सार्वजनिक हुनेछ।

उक्त सम्बोधन अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी को २०औं महाधिवेशन पूरै पार्टी र चीनका विभिन्न जातीय जनताले समाजवादी आधुनिक देशको चौतर्फी निर्माण गर्ने नयाँ यात्रा सुरू गर्ने र दोस्रो शताब्दी लक्ष्यतिर प्रयास गर्ने केन्द्रीय समयमा आयोजित ज्यादै महत्वपूर्ण महाधिवेशन हो।

पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनले चिनियाँ विशेषतायुक्त समाजवादी झण्डा उठाएर अन्तर्राष्ट्र तथा स्वदेशको परिस्थितिबारे विश्लेषण गर्नुका साथै महाधिवेशनको मुख्य विषयवस्तु प्रस्तुत गरेको छ। जसले विगत ५ वर्षको कार्य र नयाँ युगका १० वर्षमा परिवर्तनको पूर्वालोकन गर्नुका साथै मास्कवादलाई चीन र युगसँग अनुकुल बनाउने, चिनियाँ शैली आधुनिकीकरणको चिनियाँ विशेषता तथा मागलगायत विषय व्याख्या गरी समाजवादी आधुनिक देशको चौतर्फी निर्माण र चीन राष्ट्रको चौतर्फी पुनर्त्थानबारे रणनीतिक योजना गरेर नयाँ युग र यात्रामा पार्टी तथा मुलुकको विकास गर्न र दोस्रो शताब्दी लक्ष्यको साकार गर्न दिशा र कार्य मार्गदर्शक देखाएको छ।